सीमारक्षक यादव कांग्रेस छाडेर एमालेमा प्रवेश गरे


२७ असोज । सीमारक्षकका रुपमा चिनिने देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । सीमारक्षकका रुपमा उभिँदा भारतीय पक्षद्वारा सताइएका यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा एमालेमा प्रवेश गराएका हुन् ।

यादवले करिब एक वर्षअघि सप्तरीको तिलाठीमा भारतीय पक्षले सीमा मिचेपछि त्यसको रक्षार्थ आफूलाई उभ्याएका थिए । भारतीय पक्षले सप्तरीको खाँडो नदीमा बाँध बाधेपछि सो जिल्लाको तिलाठीलगायत क्षेत्र डुबानमा परेकाले यादवको नेतृत्वमा बाँध बाध्ने भारतीय पक्षसँग झडप भएको थियो । त्यतिबेला उनी घाइते भएका थिए ।

तिनै यादवलाई घरासयी प्रकरणमा भारतीय प्रहरीले केही हप्ताअघि पक्राउ गरेर जेल चलान गरेका थिए । सीमा रक्षामा उत्रिएका यादवलाई भारतीय पक्षले पूर्वाग्रह रुपमा पक्राउ गरेकोमा तीव्र विरोध हुन थालेपछि नेपाली पक्षले दबाब दिएर उनको रिहाइ गरिएको थियो ।

एमाले प्रवेश कार्यक्रममा यादवले राष्ट्रियताको पक्षमा एमाले उभिएको हुँदा आफू एमालेमा प्रवेश गरेको बताएका थिए । यसअघि उनी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताका रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्