सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई मोदीको भ्रमणको बेला विशेष एजेण्डा बनाउनुपर्ने माग


काठमाडौ, २४ वैशाख । सांसद हरिराम चौधरीले भारतीय सुरक्षाकर्मीबाट पुनर्वासमा गरिएको ज्यादती निन्दनीय रहेकाले मोदीको नेपाल भ्रमणको बेला विशेष एजेण्डा बनाउनुपर्ने बताएका छन । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै चौधरीले सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्ने बताएका हुन । भारततिरबाट आएका जनावरले बालीनाली नष्ट गर्न थालेपछि नगरपालिकाले कारवाही गर्दा भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको उनले बताए ।

कन्चनपुरबाटै प्रतिनिधित्व गर्ने सांसद इन्दु कडरियाले पुनर्वासमा पटक पटक भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको बताइन् । उनले गत वर्ष यही समयमा भारतीय ज्यादती विरुद्ध लड्दा गोविन्द गौतमले शहादत प्राप्त गरेको स्मरण गर्दै अहिले सोही स्थानमा अतिक्रमण भएको जानकारी दिइन् ।

अर्की सांसद अनिता देवकोटाले पुनर्बासको सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादती सैहृय नहुने बताइन् । उनले सरकारलाई राष्ट्रवादका कुरा होइन काम गरेर देखाउन चुनौती दिदै यो विषय भारतीय पक्षसमक्ष उठाइनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्