सुजातालाई क्यान्सर


२० कात्तिक । करिब दुई सातादेखि अस्वस्थ कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको आशंका गरिएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइराला मलेसिया भ्रमणमा रहेकै बेला स्वास्थ्य परीक्षणका क्रममा त्यस्तो आशंका गरिएको हो  । मलेसिया भ्रमणका क्रममा एक दिन कोइराला आफ्ना छोरी ज्वाईसँग सपिङमा निस्केका बेला सपिङका क्रममा उनले आफ्ना सहयोगीसँग रिंगटा लागेको सुनाएकी सुनाएको र त्यहाँस्थित एक मेडिकलमा स्वास्थ्य परीक्षण गर्दा उक्त मेडिकलले कोइरालालाई क्यान्सर भएको प्रारम्भिक रिपोर्ट दिएको रिपोर्टस क्लव डटकमले लेखेको छ ।
नेपालमा सुरुवाती प्रारम्भिक चेकजाँचमा क्यान्सरको लक्षण देखिएपछि उनी थप चेकजाँचका लागि मलेशिया गएकी थिइन ।
अहिले घरमै आराम गरिरहेकी कोइरालाले सरकारसँग १ करोड उपचार खर्च माग गरेको बुझिएको छ । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा रहेको र फर्किपछि सो रकम माग गर्न आग्रह गरेको बुझिएको छ । कोइराला परिवारको यो खानदानी रोग नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्