सुदुरपश्चिमेली संस्कृती कतारमा प्रस्तुत् गरिदै


२० साउन । सुदुर पश्चिमाञ्चलको लोकप्रिय पर्व गौरा तथा अन्य मौलिक संस्कृती कतारमा प्रस्तुत गरिने तयारी भइरहेको छ ।
भदौ १० (अगस्ट २६) गते कतारको दोहा स्थीत शालमिार प्यालेसमा हुने कार्यक्रमा डेउडा, हुड्केली, छलियानाच,गौरा,लगायतका प्रम्परागत प्रस्तुतीहरु हुने बताइएको छ ।

कार्यक्रमा सुदुर पश्चिम्का चर्चित कलाकारहरु सुर्य बिरही साउद,चाँदनी मल्ल, पवित्रा भण्डारी लगायतका कलाकारहरुले आफ्ना प्रस्तुतीहरु प्रस्तुत् गर्ने छन ।
सुदुर पश्चिम सेवा समाज कतारले आयोजना गरेको कार्यक्रमले बिदेशमा रहेका नेपालीहरुलाइ मौलिक सस्कृतीको झझल्को दिने उदेश्य रहेको आयोजकले बताएका छन् ।
कतारमा रहेका मध्य तथा सुदुरश्चिमाञ्चलीहरु लाई लक्षितगरी कार्यक्रमको आयोजन गर्न लागिएको डेउडा गायक सुर्य बिरही साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्