सुदूरपश्चिमका पहाडी जिल्लामा भुवा पर्वको रौनक


 १५ पुस । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ । पाैष शुक्लपक्ष अाैसीकाे काे दिनमा बिधिवत रुपमा सुरुहुने याे पर्व तिनदिन सम्म मनाउने गरिन्छ ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर  गीत गाउने गरिन्छ ।

पुसे १५ पर्व धुमधामका साथ मनाइँदै

सुदूरपश्चिममा आज पुसे १५ पर्व धुमधामका साथ मनाइँदै छ । पुस १५ को रात वर्षभरिकै सबभन्दा लामो रात हुने जनविश्वासका साथ रातभर जाग्राम बसी यो पर्व मनाउने प्रचलन छ ।

यस क्षेत्रको मौलिक पर्वमध्येको एक पर्वका रुपमा लिइने यस पर्वमा आज रातमा ठूलाबडाको मुखबाट कथा, दन्ते कथाका साथै शुक्ति सुन्ने चलन रहिआएको छ ।

यस पर्वमा मीठा–मीठा खाने परिकारका साथै विशेष गरी तरुल पकाएर खाने चलन रहेको पाइन्छ । कतिपय ठाउँमा आजका दिनमा चामल तथा मासको पिठो घ्यू, दहीलगायतका विभिन्न अन्नका सामग्रीबाट भुस्सामे रोटी (मोटो रोटी) बनाएर खाने प्रचलनसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्