सुन तस्करमा मुछिएका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्समा छापा


काठमाडौ, २८ जेठ । सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले सोमवार छापा मारेको छ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो।
समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए।
शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा छापा मारेको थियो।
छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला सुन बरामद भएको थियो।
अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोवार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद गरेको थियो।
अग्रवाल फरार सूचीमा छन्। उनी भारतमा लुकेर वसेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्