सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीद्धारा आत्मसमर्पण


काठमाडौ, १७ जेठ । सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।
सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार थिए ।
सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए ।
खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेको छानविन समितीका संयोजक ईश्वरराज पौडेलले पुष्टि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्