सुन प्रतितोला ५८ हजार र चाँदी ७ सय ६० मा कारोवार


काठमाडौ, २१ जेठ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमवार सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्