सुरुङमा पुरिएका ४ जनाको तीन दिनपछि जिवितै उद्धार


काठमाडौ, ३ असार । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि जिवितै उद्दारा गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा आइतबार बिहान उद्दार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो ।
‘प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्