सुशीला अब सर्वोच्च फर्किदैँ


२२ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएसँग अब उनी सर्वोच्च फर्किने भएकी छिन् ।

महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको भन्दै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अब प्रधानन्यायाधीश सुशीला कार्की काममा र्फकने भएकी हुन् ।

सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा र्फकन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्