सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न सञ्‍चारमन्त्री बाँस्कोटालाई लेखा समिति निर्देशन


काठमाडौं, ८ फागुन । संसदीय समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घुस प्रकरणको अडियो सार्वजनिक भएपछि लेखा समितिको बैठकमा सभापति भरतकुमार शाहले खरीद प्रक्रिया रोक्न निर्देशन दिएका हुन्।

बैठकमा सांसद बिरोध खतिवडाले जर्मन र फ्रान्समा प्रेसकाे अनुगमन गर्न को–को गएको र कसले कति खर्च बेहोरेको सबै सार्वजनिक गर्न पनि माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्