सैनिककी पत्नीले गरिन् आत्महत्या


२४ असार । राजविराजस्थित श्री कृष्णदल गणमा कार्यरत एक सैनिककी श्रीमतीले आत्महत्या गरेकी छन् ।

सुनसरी महेन्द्रनगर–७ घर भई हाल राजविराज नगरपालिका–९ मा डेरा गरी बस्ने ३० वषीया मञ्जु धामीले आफ्नै कोठामा सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् दयाराम धामी नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद प्रतियोगितामा बास्केटबल खेल्न सुनसरीको इटहरी गएका बेला सो घटना भएको प्रहरीले जनाएको तथा आत्महत्याबारे खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । मृतककी एक नाबालिका छोरी रहेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्