स्कुटरलाई ठक्कर दिएपछि ट्रिपरमा आगो लगाए स्थानीयले


काठमाडौ, ३० जेठ । राजधानीको व्यस्त सडक जडिबुडीमा ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । महिलालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले ट्रिपरमा आगो लगाईदिएका छन । बा४ ख ३५५८ नम्बरको ट्रिपरले  बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा  महिलाको मृत्यु भएको हो। स्कुटीमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए।आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्। आगो प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्