स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते


९ असोज । मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् ।

विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल कदमाह–२ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी भारतीय मोटरसाइकका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु भएको हो ।

तीनजना सवार सो मोटरसाइकलको पछाडि बसेका कदमाह–६ कै ३० वर्षीय भाग्लु मण्डल, दादरबैरिया–३ की १५ वर्षीया अञ्जना कामत, स्कुटर चालक सोराभाग–८ का ५० वर्षीय रामदेव मण्डल र पछाडि सवार उनका छोरा १७ वर्षीय आचकर मण्डल घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्