स्थानीय तहको कर तथा राजश्व नीतिको नकारात्मक प्रचारप्रति महासंघको आपत्ति (विज्ञप्ति सहित)


gaupress
काठमाडौं, ४ भदौ । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहको कर तथा राजश्व नीतिलाई नकारात्मक प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएको छ । महासंघले सोमवार विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमले स्थानीय सरकारको काम कारवाहीलाई हतोत्साही गर्ने उद्देश्यले करको विषयलाई जोडेर नकारात्मक समाचार प्रकाशन गरेको भन्दै असन्तुष्टि जनाएको हो । विज्ञप्तिमा भनिएको छ स्थानीय सरकार संचालन ऐन २०७२ ले अझ विस्तृतिकरण गरिएको अधिकार क्षेत्रभित्र रही स्थानीय सरकारले स्थानीय स्तरमा गठित राजश्व परामर्श समितिमा व्यापक छलफल गरी प्राप्त प्रतिवेदन र सुझावको आधारमा नै सभाबाट कानुन बनाइ करका दर र दायरा अनुसार कर असुलीको कार्य भैरहेको छ ।
कतै अस्वाभाविक रुपमा कर वृद्धि गरी जनतालाई अप्ठ्यारो महसुस भएको भए सभामा छलफल गरी पुनरावलोकन गर्न पनि आहृवान गरेको छ । तर, संविधान र कानुन बमोजिम ल्याइएका करको विरोध भयो भन्दैमा निराश नहुन पनि स्थानिय जनप्रतिनिधिलाई विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्