स्थानीय तहको निर्वाचनपछि मात्र प्रधानमन्त्री बन्ने देउवाको घोषणा


७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि मात्र आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । प्रेस युनियन चितवनले शुक्रमार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।

उनले स्थानीय तहको निर्वाचनपछि मात्रै सरकार परिवर्तन हुने दाबी समेत गरे । ‘चैतमा नै सरकार परिवर्तन हुँदैन,’ उनले भने । व्यवस्थापिका–संसद्मा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने पनि उनले जानकारी दिए । उनले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो हुने उनको भनाइ छ ।

देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने पनि विश्वास गरे । उनले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारी भएको भन्दै सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताए । मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्