स्थानीय तह कर्मचारी संघमा एमालेको एकलौटी (को–को निर्वाचित भए, नाम र मतसहित)


१० माघ । स्थानीय तह कर्मचारी संघ नेपालको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरिकुमार श्रेष्ठको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । श्रेष्ठले अध्यक्षका प्रत्यासी शारदा थपलियालाई २ सय मतले पराजित गरेका हुन् । श्रेष्ठले २ सय ५० मत प्राप्त गर्दा थपलियाले ५० मत मात्र प्राप्त गरे ।

महासचिव सुनिल पाण्डेले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिवसँगै केही केन्द्रीय सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीमा अधिकांश एमाले निकटका कर्मचारीले विजयी हात पारेका छन् । केही प्रदेश उपाध्यक्षहरु मात्र एमालेइतरका विजयी भएका छन् । महासचिव पाण्डेले दिएको जानकारी अनुसार अधिवेशनबाटै केन्द्रको मातहतमा रहने गरी प्रादेशिक तदर्थ कमिटी पनि निर्वाचनबाटै टुंगो लागेको छ ।

१३ वर्षदेखि लगातार एउटै व्यक्ति अध्यक्ष बन्दा नेतृत्व विकास नहुने भन्दै केही पदाधिकारीले निर्वाचन नै बहिष्कार गरेको बुझिएको छ । ‘१३ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष बन्दा नेतृत्व विकासमै असर पर्ने भएकाले हामीले निर्वाचन नै बहिष्कार गरेका हौँ,’ अघिल्लो कार्यकालका एक पदाधिकारीले भने, ‘विधानमा पनि एक व्यक्ति दुई कार्यकालका लागि मात्र रहने भन्ने छ । तर, विधानलाई नै लत्याएपछि हामीले समर्थन गर्न सकेनौँ ।’ चौथो कार्यकालका लागि को–को निर्वाचित भए ? यस्तो छ मत र नामावलीः 1

2

3

64

5

प्रतिक्रिया दिनुहोस्