स्थानीय तह पुनःसंरचना आयोगले असोजभित्रै प्रतिवेदन बुझाउने


७ असोज । स्थानीय तह पुनःसंरचना आयोगले दसैँ बिदामा पनि काम गरी असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा आयोगका अध्यक्ष बालानन्द पौडेलले धेरै जिल्लाको काम अन्तिमचरणमा पुगेकाले बाँकी काम सकेर असोज मसान्तमै प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिए ।
उनले हालसम्म ४८ जिल्लाको प्रतिवेदन आयोगमा प्राप्त भएको भन्दै ४० जिल्लाको प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले आठ जिल्लाको प्रतिवेदनमा केही कुरा नमिलेकाले मिलाएर पठाउन जिल्ला प्राविधिक समितिमा फिर्ता गरिएको पनि जानकारी दिए । २७ जिल्लाबाट अझै प्रतिवेदन नआएको उनको भनाई छ ।
सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गराउने तयारी गरी छिटो प्रतिवेदन बुझाउन अनुरोध गरेकाले असोज मसान्तमै बुझाइने गरी थप कर्मचारीको व्यवस्था गरी काम भइरहेको जानकारी पजि अध्यक्ष पौडेलले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्