स्थानीय निकायको सङ्ख्या एक हजार बनाउन माग


११ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा सांसदले अत्तरिया नगरपालिकामा रहेका सुकुम्बासी समस्या हल गर्न, स्थानीय निकायको सङ्ख्या न्यूनतम एक हजार बनाउन र प्रवासी नेपालीलाई आगामी निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गरे ।

यसैगरी उहाँहरुले चितवनको माडी नगरपालिकाभित्र हात्ती र गैँडा आतङ्क रोक्न सदन र सरकारको ध्यानाकर्षण गराए ।

हालैको निरन्तरको वर्षात्ले देशका विभिन्न भाग डुबानमा परेका तथा जनधनको क्षति भएकाले यसका बारेमा सरकारले सदनमा जानकारी दिन उनिहरुले माग गरे।

यसरी आफ्नो भनाइ राख्नेमा दीर्घराज भाट, दुर्गा पौडेल, तुला हरिजन, राजेन्द्र थारू, भानु महरा, धनीराम पौडेल, प्रेम सुवाल, नागेन्द्र थारू र प्रेम सुवाल थिए । रासस

प्रतिक्रिया दिनुहोस्