स्थानीय निर्वाचनमा एमालेलाई समर्थन गर्ने सर्वहारा कम्युनिष्ट पार्टीको निर्णय


२८ वैशाख । चुनाव आउन तीन दिन मात्र बाँकी रहेका बेला एमालेलाई समर्थन गर्ने पार्टीहरुको सङ्ख्या बढ्न थालेको छ । बिहीबार मात्रै पनि नेपाल सर्वहारा कम्युनिष्ट पार्टी माओवादीले स्थानीय निर्वाचनमा नेकपा (एमाले) लाई सघाउने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष भावना विद्रोहीले एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेललाई भेटी राष्ट्रियता, स्वाधिनता र देशभक्ति अडानका आधारमा एमालेको नीति सही भएको भन्दै निर्वाचनमा एमालेलाई समर्थन गर्ने पार्टीको ऐकवद्धतासहितको पत्र हस्तातरण गरिन् ।

विगतमा साम्राज्यवाद र विस्तारवादकाबिरुद्ध सवै राष्ट्रवादी वाम पाटीहरु मिलेर लड्दै आएकोले अब पनि स्थानीय निकायको निर्वाचनमा मिलेर जानु पर्नेमा त्यस्तो नभएको भन्दै दुःख व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्रले विदेशी शक्तिसामू आत्मसर्मपण गगरी जनयुद्धको भावनामाथि कुठाराघात गरेको ठहर गरेको उनको भनाई छ ।

अध्यक्ष विद्रोही सशत्रयुद्धकालमा कोचिला क्षेत्रको क्षेत्रीय व्युरो सदस्य थिइन् । नेता पोखरेलले पत्र ग्रहण गदै राष्ट्रिय एकता र समृद्धका पक्षमा एमालेले लिएको अडानलाई उचित समयमा आत्मसाथ गरेकामा विद्रोहीलाई आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्