स्थानीय निर्वाचन सबै दलको सहमतिमाः प्रधानमन्त्री प्रचण्ड


५ असोज । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको बताएका छन् ।

उनले सबै दलको सहमतिबाट टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरेको पनि उनले कार्यक्रममा स्मरण गरे ।

सेना समायोजन, हतियार व्यवस्थापनजस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले सम्पन्न गरेको भन्दै उनले अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन ढिलाइ गर्नु नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्