स्थिरता कायम गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ–मन्त्री लेखक


४ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान सबैको साँझा दस्तावेजका रुपमा सर्वस्वीकार्य बनाउन सरकार लागिरहेको बताएका छन्।

नैकापस्थित आदर्शनगर टोलसुधार समितिले आज आयोजना गरेको ‘प्रथम वार्षिक साधारण सभामा’ मन्त्री लेखकले संविधानमा देखा परेका असन्तुष्टिलाई व्यवस्थापन तथा संशोधन गरिँदै जानुपर्नेमा जोड दिँदै मुलुकलाई स्थिरता कायम गरी समृद्धितर्फ लैजान सकिने विचार व्यक्त गरे।

संविधान कार्यान्वयनका लागि अबको डेढ वर्षभित्र तीनवटा चुनाव गर्न आवश्यक रहेको बताउँदै उनले भने–“राजनीतिक व्यवस्था भनेको साधन हो, त्यसको माध्यमबाट साध्यमा पुग्नुपर्छ । साध्य भनेको जनताको प्रगति र मुलुकको समुन्नति हो ।”

राप्रपा नेपालका नेता देवेन्द्र प्रधानले चन्द्रागिरी नगरपालिकाले त्यस क्षेत्रमा बसोवास गर्ने सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

समितिका अध्यक्ष विकास पौडेलले स्थानीय विकास निर्माणका कार्यमा सबै स्थानीय एकतावद्ध हुनुपर्ने विचार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्