स्याङयोङ गाडीको शोरूम पोखरामा


काठमाडौं, १९ असोज । नेपालस्थित स्याङयोङ गाडीको आधिकारिक बिक्रेता आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा शोरूम स्थापना गरेको छ । शोरूम स्थापना अवसर पारेर स्याङयोङले स्याङयोङ अनबिटेबल अफरसमेत ल्याएको छ । अफरअन्तर्गत पोखरास्थित स्याङयोङका ग्राहकलाई पूर्वबजेट मूल्य तोकिएको छ । पूर्वबजेट मूल्यमा ५ लाखसम्मको छुट, प्रत्येक स्याङयोङ गाडी खरिदमा सामसुङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्स्चेन्जको सुविधालगायत रहेका छन् ।
त्यस्तै गाडीमा ३ वर्ष वा ६० हजार किमीसम्म वारेन्टी, सुलभ इएमआई, १ वर्षको निःशुल्क रोड ट्याक्स, १ वर्षको निःशुल्क बीमा, ५ वर्ष निःशुल्क सर्भिसिङ सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्