स्वयम्भूमा गोली चल्यो


काठमाडौ, २४ साउन । काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

उनलाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको महानगरीय अपराध महाशाखा प्रमुख शहकुल थापाले पुष्टि गरे। लामासँगै उनका सहयाेगी एक जनालाइर् समेत पक्राउ गरिएकाे छ। लामाको हुन् भन्ने प्रहरीले खुलाएको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्