स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर ओलीले भने– ‘अब देशलाई चुनावमा लैजाऔँ’


८ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सङ्क्रमणकालबाट जोगाउन संविधानको कार्यान्वयन र निर्वाचन सम्पन्न गराउनुको विकल्प नरहेको बताएका छन् ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शुक्रबार बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजना गरेको सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिनाशर्त सरकार निर्वाचनमा जान चाहेमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘देशको रक्षा र हितका निमित्त सबै राजनीतिक दल एक हुनुको विकल्प छैन,’ उनले भने, ‘निर्वाचन गराउने कानुन संसद्बाट पास गरौँ र देशलाई चुनावमा लैजाऔँ, यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ ।’ उनले सन्त नेता भट्टराई पदभन्दा माथिको व्यक्तित्व रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २०७४ माघभित्र तीनवटा तहकै निर्वाचन सम्पन्न गराउन जरुरी रहेको बताए ।
उनले आम जनताको भावना समेट्ने गरी संविधान संशोधनको प्रस्ताव आएको भन्दै त्यसलाई संसद्बाट पास गराउनुको विकल्प नरहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्