स्वास्थ्य बिमा यसवर्ष २५ जिल्लामा


३ साउन । गत वर्ष सुरु गरिएको स्वास्थ्य बिमा यस वर्ष विस्तार गरी २५ जिल्लामा पु¥याइएको छ ।

गत आवमा तीन जिल्लामा मात्र लागू गरिएको उक्त स्वास्थ्य बिमा कार्यक्रम यस वर्ष थप २२ जिल्लामा विस्तार गरिएको हो । आव २०७३÷७४ को बजेटमा तीन वर्षभित्र ७५ जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने उल्लेख गरिएको छ ।

त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानका सहायक डिन डा शरद वन्तले सेवा पाउने रोगको सूचीभन्दा नपाउने रोगको सूची घटाउँदै लैजानुपर्नेमा जोड दिए ।

लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले निजी बिमा कम्पनीको कुनै सहभागिता नभएको र यो नितान्त सरकारी कार्यक्रम भएकाले यसलाई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका रुपमा लिन सकिने बताए ।

प्राथमिक स्वास्थ्य स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्वास्थ्य बिमामा माफियाकरण पस्न नदिन र यसका लागि दलगत प्रतिबद्धता आवश्यक रहेको बताए ।

वार्षिक रु दुई हजार ५०० प्रिमियम तिरेर २५ जिल्लाका सर्वसाधारणले रु ५० हजारसम्मको स्वास्थ्य बिमा गर्न पाउने छन् । पाँच जनासम्मको परिवारले रु दुई हजार ५०० तिरेर परिवार बिमा गर्न पाउनेछन् भने अन्य थप सदस्यले रु ४२५ तिर्नुपर्नेछ ।

यो बिमा लागू भएपछि सरकारले २५ श्ययासम्मको अस्पतालबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवा र ७० वटासम्म औषधि निःशुल्क प्राप्त गर्ने छन् । सो बिमा कार्यक्रममा सहभागी हुने परिवारले सदस्य बसेको स्थानको वा पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल उल्लेख गर्नुपर्ने र उपचार पनि सोही स्थानमा गर्नुपर्ने व्यवस्था गरेको छ । ती निकायले उपचार गर्न नसकेमा मात्र अन्यत्र जान पाइन्छ । यदि अन्यत्र उपचार गरेमा ५० प्रतिशत आफैँले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि स्वास्थ्य बिमा नीति २०७१ स्वीकृत भइसकेको र स्वास्थ्य बिमा ऐन मस्यौदा तयारीको क्रममा रहेको छ ।

स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार चालु आवका लागि छनोट गरिएका जिल्लामा सोलुखुम्बु, सुनसरी, महोत्तरी, पर्सा, मकवानपुर, सिन्धुली, गोरखा, तनहुँ, बर्दिया, रोल्पा, सुर्खेत र अछाम रहेका छन् ।

समितिले गत वर्ष नै बिमा कार्यक्रम लागू गर्न झापा, रौतहट, चितवन, भक्तपुर, कास्की, म्याग्दी, पाल्पा, जाजरकोट र जुम्ला गरी १० जिल्ला छनोट गरिसकेको थियो । परीक्षणका लागि तीन वर्षअघि कैलाली, बागलुङ र इलामलाई छनोट गरी बिमा कार्यक्रम सुरु गरिसकिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्