स्वास्थ्य सचिवमा डा उप्रेती नियुक्त


४ साउन । स्वास्थ्य मन्त्रालयका सचिवमा सोही मन्त्रालयमा कार्यरत वरिष्ठतम चिकित्सक डा सेनेन्द्रराज उप्रेती नियुक्त  भएका छन् ।

मन्त्रिपरिषद्को हालैको बैठकले मन्त्रालयमा कार्र्यरत १२औँ तहका तीन चिकित्सकमध्ये वरिष्ठताका आधारमा उनलाई नियुक्ति गरेको थियो । यसअघि उनले स्वास्थ्य सेवा विभागको महानिर्देशकको समेत कार्यभार सम्हालेका थिए ।

सोमबार सचिव डा उप्रेतीले आफ्नो कार्यभार सम्हालेका सचिव उप्रेतीले भूकम्पबाट ध्वस्त स्वास्थ्य संरचना पुनःनिर्माण, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता, चिकित्सा शिक्षा, सेवाको थप गुणस्तर, अस्पताल तथा स्वास्थ्य संस्थाका प्रभावकारिता वृद्धिका लागि उपकरण, औषधि र जनशक्ति व्यवस्थापनमा ध्यान दिइने आफ्नो प्राथमिकता रहेको जानकारी दिए ।

नेपाल चिकित्सक सङ्घले मन्त्रालयको सचिवमा स्वास्थ्य सेवाकै व्यक्ति हुनुपर्ने माग गर्दै आन्दोलन समेत गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्