स्वास्थ्य सेवा विभागका महानिर्देशक र व्यवस्थापनका निर्देशक मन्त्रालय तानिए


काठमाडौं,२२ जेठ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल लगाएतका ६ जनाको जीम्मेवारी हेरफेर भएको छ । स्वाीस्थ्य तथा जनसंख्या मन्त्रालयले  बिहीबार विभागका महानिर्देशक श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक डोटेललाई मन्त्रालयमा तानेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।

विष्टका अनुसार डा. दीपेन्द्ररमण सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ भने,व्यावस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ । मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा पनि मन्त्रालयमा तानिएको छ। उनको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्