हनुमन्ते सफाइमा ६ टन फोहर संकलन


भक्तपुर, २ भदौ । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा ६ टन फोहर सङ्कलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको लोकन्थलीदेखि जडीबुटीसम्मको क्षेत्रमा भएको सरसफाइको आज नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कार्यवाहक सभापति प्रमुख अतिथी परशुराम  पाण्डेले  शुभारम्भ गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्ने कामलाई अब सधैँको लागि बन्द गर्नुपर्ने बताउँदै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै ढल खोलामा बग्न बन्द हुने बताए ।
हनुमन्ते सफाई अभियानमा जिल्लाका विभिन्न सङ्घ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको हनुमन्ते नदी सफाइ अभियानका संयोजक तथा सुर्यविनायक  नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए।

सन् २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजको हप्ता सम्म जम्मा ५३० टन फोहोर संकलन भएको, उक्त संकलीत फोहोर को व्यवस्थापन नेफ्सेम्याक लगायत का सस्था बाट भएको छ ।

प्रतिक्रिया दिनुहोस्