हरर मुभि सुनकेसरी आजदेखि प्रदर्शनमा


नायिका ऋचा शर्माद्धारा निर्मित नेपाली चलचित्र सुनकेसरी आजदेखि प्रदर्शनमा आएको छ । हरर जनराको उक्त फिल्मका दृश्यहरु प्राय अस्ट्रेलियामा सुटिङ गरिएको हो । प्रदर्शनको पूर्वसन्ध्यामा सुनकेसरीको बिहीवार साँझ ठमेलस्थित छाया सेन्टरमा प्रिमियर सो गरियो । ८० मिनेट लामो फिल्म हेरेपछि दर्शकको तारिफ बटुल्न सफल भएको छ । तर हलहरुमा लागेको यो चलचित्रले आम दर्शकको मन जित्न सक्छ कि सक्दैन यो भने केही दिन पछि नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्