हलेसी दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १० यात्रु घाइते


दोलखा, ८ जेठ । दर्शनार्थी सवार बस दोलखाको तामाकोसी गाउँपालिकामा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेका दर्शनार्थी सवार बा ३२ ख ६०३१ नम्बरको बस तामाकोसी गाउँपालिका वडा नम्वर ३ जफेमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको दोलखा प्रहरीले जनाएको छ । घाइतेहरुको सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भैरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । बस आज दिउँसो करिव १२ बजेतिर सडकबाट करिव ५ किलोमिटर तल खस्दा दुर्घटना भएको हो ।

कालिञ्चोक गाउँपालिकाकै वडा नम्बर ९ सुन्द्रावतीस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । सुन्द्रावतीस्थित शंकर पकुवालको घरमा आगलागि हुँदा पकुवालसहित उनकी श्रीमति र छोरी घाईते भएका हुन् । घाईतेमध्य ३६ वर्षिय शंकर पकुवाल चरिकोटस्थित प्राथमिक स्वास्थय केन्द्रमा उपचार पछि घर फर्किसकेका छन् । उनकी श्रीमति ३२ वर्षिया गोपिनी पकुवाल र छोरी १० वर्षिया सिता पकुवालको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
पकुवालको घरमा गएराति ११ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । रातिको समयमा मानिसहरु घरमा सुतिरहेका बेला आगलागि भएकाले ठुलो क्षति भएको हो । आगलागिबाट घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्