हामी धेरै बिग्रियौंकी धेरै डर लागिरहेको छः प्रचण्ड


pकाठमाडौं, २१ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीभित्र सत्तामा पुगिसकेपछि निजी स्वार्थमा लिप्त हुने उपभोक्तावादी चिन्तनबाट मुक्त भएर क्रान्तिकारी चिन्तन र व्यबहारका साथ अघि बढ्नुपर्ने बताए ।
कार्ल माक्र्सको द्विशतवार्षिकीको उपलक्ष्यमा शुक्रबार प्रचण्डले भने,‘हामी दिनभर–रातभर पढ्थ्यौं, तर आजकाल पढ्नै छाड्यौं, कताकता हामी धेरै बिग्रियौं कि भन्ने डर लाग्दैछ’, प्रचण्डले भने,‘हामी त माथि जाने तयारीमा छौं, तर तपाईं युवा पुस्ताहरुले आन्दोलनलाई बचाएर अघि लैजान पनि धेरै पढ्ने, चिन्तन–मनन् गर्ने गर्नुपर्छ ।’

pro

प्रतिक्रिया दिनुहोस्