हामी प्रचण्डलाई नेता मान्न तयार छौँः पसुपति चौलागाईँ


८ साउन । नेकपा एमालेका नेता पसुपति चौलागाईँले नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएर राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्को विश्वास छैन भनी प्रस्तुत गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिदैँ उनले यस्तो अरोप लगाएका हुन् ।

कम्युनिष्टहरु एक भएर अघि बढ्नु पर्ने बेलामा कम्युनिष्टहरुसँगकै सहकार्य तोडेर गलत गरेको पनि आरोप लगाए । ‘हामी प्रचण्डले कम्युनिष्टलाई एकताबद्ध बनाएर जाने कुरामा खुट्टा टेकेको भए हामी उनलाई नेता मानेर जान तयार थियौँ,’ उनले भने, ‘तर कम्युनिष्टहरु एक भएको देख्न नसक्नेहरुको लहैलहैमा लागेर उनले गलत गरे ।’

चौलागाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्दै गर्दा प्रचण्डले सरकार गिराउने खेल खेल्नु देशका लागि पनि दूर्भाग्य भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्