हामी शासन गर्न होइन, विकास गर्न एक भएका हौः प्रधानमन्त्री ओली


काठमाडौं, ३ जेठ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता दुईवटा पार्टी मिलेको मात्र नभई देशको समृद्धिका लागि भएको बताएका छन् । मदन, आश्रितको २५ औँ स्मृति दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले नेपालको राजनीति, समाजनीति र नेपालको भविष्यलाई पार्टी एकताले अनेक कोणबाट प्रभावित पार्ने बताए । उनले भने, यसले नेपालको भविष्यलाई असाधारण दुर्गामी महत्व राख्दछ, यो पार्टी एकतामात्र नभई देशको समृद्धिको यात्रा भएकाले कसका सदस्य कति छन भनेर हिसाब हुँदैने, यो फरक फरक तत्वबाट अर्को शक्ति बनेजस्तै हो। यो संख्यात्मक नभई गुणात्मक हुनेछ । उनले भने यसलाई कतिपयले नबुझेर के के न भइरहेको छ भनेका छन, तर उनीहरुले भनेजस्तो होइन । हामी शासन गर्न एक भएका होइनौँ। विकास गर्न एक भएका हौँ। हामी भ्रष्टाचार अन्त्य गर्न एक भएका हौँ। केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले आफूहरुको दुई पार्टीको एकता दमनकारी नभएको बताए । प्रधानमन्त्री ओलीले कांग्रेस अब आफ्नो प्रतिस्पर्धी नभएकाले देशको विकासका लागि कांग्रेसलाई पनि सँगै लिएर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्