हावाहुरीबाट प्रभावितलाई एक दिनको तलब दिन सांसदहरुलाई भट्टराईको प्रस्ताव


काठमाडौं, १८ चैत । नेकपा सांसद योगेश भट्टराईले तराई मधेसमा भएको हावाहुरीबाट प्रभावितलाई एक दिनको तलब दिन प्रस्ताव गरेका छन्।
संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर भट्टराईले पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन्। नेम्वाङले पनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्