हिमालयबाट क्रस हुने जुनसुकै कुरालाई पनि गम्भीर रुपले लिनुपर्ने हुन्छ


(माओवादीभित्रका थोरै तार्किक नेतामध्येमा पर्ने सूचना तथा सञ्चारमन्त्री राम कार्कीले केही दिनअघि बोलेको कुरालाई लिएर उनको आलोचना भइरहेको छ । केपी शर्मा ओली सरकारले उत्तरतिरका नाका खोल्ने, चीनबाट नेपालाम रेल ल्याउने र चिनियाँ समुद्रसम्म नेपालको पारवहन हक स्थापित गर्ने काम गरेका कारण दक्षिणले रुचाएन र ढालियो भन्ने परिरहेको बेला कार्कीले त्यसैलाई लक्षित गरी उत्तरतिर सडक बनाउनु हुँदैन भनेर बोलेको भन्दै आलोचना भएको छ । खासमा उनको मन्तव्यमा के छ त ? नेपाल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा गत साता उनले बोलेका कुरालाई हामीले टेप उतार गरी जस्ताको तस्तै प्रस्तुत गरेका छौँ– सम्पादक)

प्रायः नेपालमा ‘डेमोक्रेसी’ लाई स्थुल प्रणाली वा ढाँचाका रुपमा हेर्ने गरिन्छ । अहिले हामीले त्यसलाई भत्कायौँ । ‘डेमोक्रेसी’ भनेको ‘डाइनामिक’ कुरा हो । गणतन्त्र स्थापना नहुँदै र कतिपय प्रजातन्त्र घोषणा नहुँदै पनि ‘डेमोक्रेसी’ अर्थात प्रजातन्त्रका केही पक्षहरु प्राप्त भइसकेका थिए । कतिपय कुरा चाहिँ प्रजातन्त्र प्राप्तिका क्रममा प्राप्त भए भने कतिपय विस्तारै प्राप्त हुँदै जान्छन् । समाजको सजग तप्काले त्यसलाई ‘मोनोपोलाइज’ (एकाधिकृत) गर्ला कि भनेर सोचेकै हुन्छ । कर्मचारीतन्त्र, व्यापारी र हाम्रो जस्तो समाजमा त नागरिक समाजमा पनि ‘ओलिगार्की’ (कुलीनतन्त्र) देखापर्छ । त्यसमा निरन्तर संघर्ष भइरहेको हुन्छ ।

हामीले विदेश नीति र आन्तरिक नीति बनाउने सन्दर्भमा हाम्रो प्रजातन्त्रको बुझाइ, हामी कुन ठाउँमा आइपुगेका हौँ भन्ने बुझाइलाई सजग तप्कासम्म लैजानु जरुरी छ । त्यसो भयो वा पुग्यो भने मात्र हामीले नीति बनाउन सक्छौँ ।

अर्को कुरा हामीले छिमेकी मुलुक चीनकै कुरा गर्ने हो भने माक्र्सवादका पण्डितहरु माओत्सेतुङलाई कम्युनिष्ट नै मान्न तयार थिएनन्, उनलाई ‘न्यास्नालिस्ट’ (राष्ट्रवादी) मात्र भन्थे । कम्युनिस्टको ठूलो हिस्सा माओत्सेतुङलाई कम्युनिष्ट नै मान्दैनथ्यो । मैले माओत्सेतुङको अर्को मूल्याङ्कन गर्न खोजेको होइन । हामीले त उनलाई कम्युनिस्ट नै मान्दै आएका छौँ ।

भारतमा संसदीय प्रजातन्त्र भएकाले भारतलाई भन्दा नेपाललाई बढी फाइदा हुनुपर्छ भन्ने पनि भयो । अझ एकताका त दार्जिलिङ, सिक्किम र नेपाललाई मिलाएर छुट्टै गोरखा राज्य वा छुट्टै ‘सुप्रिम स्टेट’बनाउनुपर्छ भनिएको थियो । तर, त्यो कुरा चीनसँग सम्भव छैन ।
त्यसैले हामीले भारतसँग तुलना गर्दा यहाँको राजनीतिको वर्ग के देख्छु भने एक पटक सम्बन्ध बन्छ तर, त्यसलाई निरन्तरता नै नदिने । अहिले कांग्रेसका बुद्धिजीवीहरुलाई गएर भेट गर्दा हुन्छ नि ! उनीहरुसँग पहुँच पनि सहज छ । तर, उनीहरु भारतीय जनता पार्टीसँगै मात्र जान्छन् । हिजो कांग्रेसको नेतृत्व हुँदा र विजेपीको उदय हुने देख्दै गर्दा पनि कोही पनि विजेपीसँग भेट गर्न जाँदैनथ्यो । अहिले केही क्षेत्रीय पार्टीहरुले फ्याट्ट बोल्दिन सक्छन् । जबकि, उनीहरुलाई नेपालका बारेमा केही थाहा नै छैन ।

भारतमा करोडौँ नेपाली छन् । तिनीहरुलाई हामीले ‘डिप्लोम्याटिक स्टेन्थ’का रुपमा हेर्दै हेरेनौँ । हामीले टेकनाथ रिजालाई समातेर बुझाई दियौँ । हामीले छत्रे सुब्वालाई झापामा अपमानजनक ढंगले समातेर बुझाइ दियौँ । भुटानबाट आउँदा चाहिँ मेची पुलबाट लर्को लागेर नेपालतिर तार्ने तर हाम्रा चार जना पुलिस सिमानामा उभिएर यता पस्न पाईदैँन भनेर पठाएको भए हुन्थ्यो नि !

यहाँको नेपाली भारतको कुरा गर्दा झस्केर, डराएर कुरा गर्छ । मेरो यो खुस्केला र ऊ खुस्केला भनेर कुरा गर्छ । मैले देखेको छु, दार्जिलिङको नेपालीले गर्दैन । त्यहाँको नेपाली डराउँदैन । सिलिगुडीमा पचास हजार घर छन्, नेपालीका । त्यहाँ अरु आठ करोड छन् । उनीहरुले त नेपालीलाई कच्याककुचुक पार्न सक्छन् नि ! तर, त्यहाँ नेपालीहरु दौरा–सुरुवाल र छिटको गुन्यू लगाएर बाहिर निस्कन्छन् ।

मैले संसदमा पनि बोलेको थिएँ, पूर्खाको चिनो भनेर संसारभरका नेपालीलाई दिनुपर्छ । अहिले एनआरएन कि के भन्ने संस्था छ नि ! हो, त्यसले मात्र हामी नेपाली हौँ भनेको छ । अस्टेलिया, अमेरिका वा क्यानडा वा युरोपतिर बस्ने मात्र नेपाली भन्ने ठानेको छ । सबैभन्दा बढी नेपाली भारतको आसाममा छन् । जहाँ चुनाव नै नेपालीले जित्छन् । भारतको संसद्मा नेपाली पुगेका छन् ।

त्यसैले जसले भारतका बारेमा बोल्न सक्थे, लबी बनाउँन सक्थे, वातावरण निर्माण गर्न सक्थे, उनीहरुलाई हामीले समाउन सकेका छैनौँ । कमिलाले जहिले पनि हात्तीलाई तह लगाउँछ नि ! यो कति भन्न मिल्ला वा नमिल्ला । चार जना तिब्बती आउँदा उनीहरुलाई समातेर भयाबह प्रचार गन्छि । भारत–काश्मिरमा त त्यो भन्दा भयावह छ नि ! कमजोरीका विन्दु सबैका छन् । कुटनीतिमा त्यसलाई पनि बुझ्नुपर्छ ।

मलाई त नेपाल भारत र चीनको ‘भाइब्य्रान्ट ब्रिज’ बनाउने भन्ने कुरा सबैभन्दा वाहियात लाग्छ । किनभने, नेपाल जस्तो यस्तो ‘फ्रेजाइल हिमालय’ भएको देशमा त्यो सम्भव छैन । ‘बायोडाइभर्ससिटी’ भएको देशले हिमालयबाट ‘क्रस’ हुने जुनसुकै कुरालाई पनि गम्भीर रुपले लिनुपर्ने हुन्छ । सोलुखुम्बु जिल्लाको खुम्बु ईलाकामा अहिले डोजर जाँदैछ । त्यहाँ डोजर जानु मनासिव हो ? हाम्रो विकासको बाटो, अरुले आफ्नो उद्देश्यका लागि गरिएका कुराप्रति पनि नेपाल गम्भीर हुनुपर्छ ।

हामीले हाम्रो राज्य बलियो बनाउनुपर्छ । कोही पनि हाम्रा मामाहरु होइनन् । हाम्रा मावली कतै पनि छैन । पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा हाम्रा सञ्चारमाध्ययमदेखि सबै मामा नै आए, अब चाचा, नाना सबै ल्याए भनेर रमाए । हामीले त त्यसैबेला पनि अलिक सानो–सानो स्वरले कराऔँ भनेका थियौँ । गुजरातमा के भएको थियो ? मैले पढेको थिएँ, एउटा रिपोर्ट । त्यसले अहिले भारतमा के भैरहेको छ, केही देखाउँछ ।

मलाई त नेपाल भारत र चीनको ‘भाइब्य्रान्ट ब्रिज’ बनाउने भन्ने कुरा सबैभन्दा वाहियात लाग्छ । किनभने, नेपाल जस्तो यस्तो ‘फ्रेजाइल हिमालय’ भएको देशमा त्यो सम्भव छैन । ‘बायोडाइभर्ससिटी’ भएको देशले हिमालयबाट क्रस हुने जुनसुकै कुरालाई पनि गम्भीर रुपले लिनुपर्ने हुन्छ । सोलुखुम्बु जिल्लाको खुम्बु ईलाकामा अहिले डोजर जाँदैछ । त्यहाँ डोजर जानु मनासिव हो ? हाम्रो विकासको बाटो, अरुले आफ्नो उद्देश्यका लागि गरिएका कुराप्रति पनि नेपाल गम्भीर हुनुपर्छ ।

विश्वको उदाहरण हेर्ने हो भने पनि प्रजातन्त्र ‘भाइब्य्रान्ड’ हुँदै जाने र मर्ने पनि खतरा हुन्छ । संसारका धेरे देशमा ‘डेमोक्रेसीले मुभ्मेन्ट’ गरेपछि कुलीन वर्ग वा सेनाको हातमा जाने गरेको पनि देखेका छौँ । यो देखिने गरि पनि जानु पर्दैन । अहिले नै नेपालको शक्ति हेरौँ न । आर्थिक शक्ति कहाँ छ ? राजनीतिको शक्ति कहाँ छ ? अहिले मधेसको ठेक्का लिएर एउटा आएको छ, पहाडको ठेक्का लिएर अर्को आएको छ । यही हो प्रजातन्त्र ? हामीले यसमा गम्भीर भएर सोच्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्