हृदयेश त्रिपाठीले एमालेलाई लगाए १४ आरोप, भीम रावलले गरे ६ बुँदामा खण्डन


९ मंसिर  । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु  र युवा संघ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘संविधान संशोधन र कार्यान्वयनको प्रश्न’ विषयक ‘बिग बहस’ कार्यक्रममा बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले एमालेलाई दर्जन बढी टिप्स दिएका छन् । मन्तव्यको सुरुमै त्रिपाठीले मदन भण्डारीको सानिध्यमा रहेर काम गरेको अनुभव सुनाए । उनले मदन भण्डारी आफूलाई मन पर्ने नेता भएको भन्दै उनले आफूलाई कम्युनिष्ट बन्न आग्रह गरेका धेरै चिठी अहिले पनि सुरक्षित रहेको दाबी गरे । ‘म मदन भण्डारीको सानिध्यमा रहेर काम गरेको व्यक्ति हुँ,’ त्रिपाठीले भने, ‘पछि उहाँहरुले पनि वास्ता गर्नु भएन म पनि पछि लाग्दै गइन् । त्यति बेलादेखि टाढा भएको सम्बन्धलाई फेरि एउटै मञ्चमा राखेर एमालेसँग नजिक हुने अवसर दिएकोमा धन्यवाद  ।’
त्रिपाठीले त्यसो भन्दा प्रज्ञा भनव कमलादीको हलमा खचाखच भरिएका दर्शकले ताली बजाएका थिए । त्यसपछि भने उनले करिब २० मिनेट एमालेलाई गाली गर्नमै खर्च गरे । कति पटक त उनले सम्बोधन गर्दा ‘आउट,आउट’ भन्दै हुटिङ गरेका थिए ।
उनले सम्बोधन क्रममा एमालेलाई दिएका दर्जन बढी टिप्स यस्ता थिए ।
१) एमालेका चुलेहरु दुई जनताले म भन्दा अघि बोल्नुभयो  मेरो आग्रह छ, एमालेले यस्ता चुलेहरुलाई अब पार्टीबाट बाहिर जानु पर्ने अवस्था सिर्जना नगरोस् ।
२) संघीयता दान वा चन्दाबाट प्राप्त भएको होइन । यो मधेस आन्दोलनको उपलब्धि हो ।
३) प्रदेश नम्बर ५ पहाडबाट अलग गर्ने भनेर सबै भन्दा बढी ओलोचना एमालेले गरिरहेको छ । के दुई नम्बर प्रदेश टुक्र्याउन दिएको हो ?
५) केपी ओली नेतृत्वको सरकारले हामीसँग गर्ने भनेको सम्झौताको ड्राफ हामीलाई भन्दा पहिला किन दिल्लीलाई दियोे ?
६) रौतहटबाट त माधव नेपाललाई त्यहाँका जनताले जिताउँछन् । मेरा मित्र  लालबाबु पण्डितलाई ताप्लेजुङ र विमलेन्द्र निधिलाई काभ्रेबाट टिकट दिने क्षमता एमालेसँग छ ?
७) हामी दर्तावाला क्षेत्रीय पार्टी हौँ । तर, हामी नेपाली नागरिक हौँ ।
८) अंगीकृत नागरिकताको विषय हामीले होइन, तपाईँहरुले नै उठाएको हो ।
९) गणतन्त्र ल्याउन सँगै लड्ने अनि मधेस आन्दोलन तिमीहरुको मात्र हो भन्ने ?
१०) देशभक्ति र रािष्ट्रयताको भेद शब्दकोश पल्टाएर हेर्नुहोला ।
११) मधेस आन्दोलनलाई किन शत्रुको आन्दोलन ठान्नुहुन्छ ?
१२) माँखे साङ्लो नभन्नु होला । आपँ झरेको पनि नभन्नु होला । हाम्रो मन दुखेको छ । तराईका जनता आँप होइन ।
१३) अहिले ओलीजीलाई बाफरे बाफ भनेपछि त्यतैतिर लाग्नु भएको छ । म तपाईँको पुरानो मित्र हुँ । त्यसको पछि नलाग्नु होला । संविधान संशोधनमा नरम बन्नु होला । नभए देश बबार्त हुन्छ ?
१४) ओलीजी तपाईँ नरम बन्नुहोस् । फेरि प्रधानमन्त्री तपाईँ नै हो ।

भीम रावलको जवाफ
एमाले उपाध्यक्ष एवम् नेकपा (एमाले ) प्रदेश नम्बर ७ का संयोजक समेत रहेका भीम रावलले त्रिपाठी बोलेर गएपछि उनलाई सञ्चार माध्ययमबाट जानकारी लिनुहोला भन्दै त्रिपाठीले बोलेका कुराहरुको खण्डन गरेका थिए ।
उनले खण्डन यरी गरे ।
१) मेरो अगाडि रोखेर बोल्ने बानी छ । म त्रिपाठीजीलाई यही मञ्चमा राखेर सुनाउँने योजनामा थिएँ ।उहाँ जानुभयो । म प्रत्यक्ष प्रशारण गरिरहेको टेलिभिजन र सञ्चारकर्मीहरुलाई राखेर भन्छु । उहाँलाई केही कुरा घोषणा गर्छु । म अछामबाट दोेस्रो संविधनसभामा निर्वाचित भएँ । अहिले म व्यवस्थापिका संसदको सदस्य छु । त्रिपाठीजीले हाम्रा तराईका नेतालाई पहाडमा उठ्ने वातावरण चहियो भन्नुभयो । म यहीबाट घोषणा गर्छु । ‘तपाईँलाई आगामी निर्वाचनमा अछामबाट टिकट पक्का भयो । म एमाले उपाध्यक्ष र प्रदेश नम्बर ७ को संयोजक पनि भएको नाताले भने । त्यसैगरी तपाईले विमलेन्द्र निधिको कुरा गर्नुभयो । प्रदेश नम्बर ७ का सह–इञ्चार्ज कर्ण थापाको क्षेत्र बाजुराबाट निधिका लागि पनि टिकट पक्का भयो
२) एमालेलाई उहाँले अग्रेजीमा देशभक्ति  र  राष्ट्रवादको कुरा सिकाउनुभयो । म उहाँलाई भन्नु चाहन्छु । संविधानलाई आगो लगाउँछु भन्ने, संसद्को भत्ता खाने, अनि आफूलाई मन परेका व्यक्तिलाई प्रधानमन्त्री चुन्न संसद्मा आउनेले यस्ता कुरा गर्न मिल्छ ?
३) एमाले उहाँहरुले भने जस्तो तराईको राष्ट्रबाद अस्वीकार गर्छ ।
४) उहाँले अघि नै क्षेत्रीय दर्तावाला पार्टीको नेता भन्नुभयो । अनि उहाँहरुले राष्ट्रिय कुरा गर्न मिल्छ ?
५) हाम्रो पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनिहाल्नुहुनछ । नरम बन्नुहोस भन्ने उहाँ को–हो ? त्यो ललीपप हामीलाई होइन उहाँहरुलाई नै चाहिएको छ ।
६) उहाँले हामीसँग सम्झौता गर्ने ड्राफ पहिला दिल्ली लगेको भन्नुभयो । म दावाका साथ भन्छु । एमालेले त्यस्तो गर्दैन । त्यो भारतसँग साठगाँठ गर्नेलाई नै थाहा होस् ।

प्रतिक्रिया दिनुहोस्