‘हेग’ जाने डरले माओवादीले ओली सरकार ढालेको होः चित्रवहादुर केसी


२७ साउन । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले केकपा माओवादी केन्द्रलाई अन्तराष्ट्रिय अदालत (हेग) जाने डरले आफ्नो हातमा सत्ता लिन एमाले नेतृत्वको सरकार ढलाउने खेलमा लागेको आरोप लगाएका छन् । पहिलो न्युज डटकमसँग विषेश कुराकानी गर्दै केसीले यस्तो आरोप लगाएका हुन् ।

‘०५२ देखि ०६२ सम्मको कथित जनयुद्धका नाममा हजारौ नेपाली जनताले यातना भोगे, हजारौँ जनता सहिद भए,’ माओवादीप्रति लक्षित गर्दै केसीले भने, ‘आफूले १० वर्षसम्म नेपालमा गरेको युद्धका कारण उनीहरु हेग जानुपर्ने चिन्ताको भूतले सताएकाले अप्राकृतिक गठबन्धन बन्यो ।’ केसीले जनतलाई ठगेर र लूट मच्याएर सत्ता चलाउन बानी परेकाहरुको गठबन्धन त्यति बलियो नहुने पनि ठोकुवा गरे ।

प्रचण्ड नेपाली कांग्रेस र भारतको आशाको केन्द्र भएकाले प्रधानमन्त्रीको पुरस्कार पाएको पनि उनले दाबी दाबी गरे । ‘०७३ साल चैत २० गते म बागलुङ जान भनेर हिँडेको थिएँ । प्रचण्ड पोखरा जानुभएको रहेछ । हामी दुबै जनाको त्यहाँ भेट भयो,’ उनले विगत सम्झिदैँ भने, ‘हामी दुईबीच त्यहाँ करिब दुई घण्टा कुराकानी भयो । त्यहाँ उहाँ मात्र हुनुहुन्थेन । उहाँका सचिवालयका मान्छे थिए । मेरो पनि सचिवालयका मान्छेहरु थिए । अरु पनि धेरै थिए । ती सबैका बीचमा मैले उहाँलाई त्यसैबेला ‘हेर्नुहोस, प्रचण्डजी अब नेपाली कांग्रेस र छिमेकको पनि आशाको केन्द्र तपाईँ नै हो’ भनेको थिएँ । त्यसो भनेको २५ दिनपछि प्रचण्डले कांग्रेससँग मिलेर ओलीजीको सरकार ढाल्ने अभियान नै चलाए ।’

‘पहिलो पटक प्रचण्डको ओली सरकार ढाल्ले प्लान असफल भयो । त्यसभित्र भद्र सहमति भएर हो वा अभद्र सहमति भएर हो । त्यो प्रक्रियाले गति लिएन,’ उनले भने, ‘अहिले गएर मैले जे घोषणा गरेको थिएँ, त्यो कुरा कार्यान्वयन भयो । मैले कति अड्कल गरेर प्रचण्डलाई त्यतिबेला भनेको रहेछु ।’

केसीले प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्ने योजना तुरुन्त बनाएको नभई लामो समयदेखिको योजना सफल भएको पनि दाबी गरे । ‘पहिलो पटक प्रचण्डको ओली सरकार ढाल्ले प्लान असफल भयो । त्यसभित्र भद्र सहमति भएर हो वा अभद्र सहमति भएर हो । त्यो प्रक्रियाले गति लिएन,’ उनले भने, ‘अहिले गएर मैले जे घोषणा गरेको थिएँ, त्यो कुरा कार्यान्वयन भयो । मैले कति अड्कल गरेर प्रचण्डलाई त्यतिबेला भनेको रहेछु ।’

उनले भारत अहिले नेपालको समथर भूभागलाई पहाडबाट अलग गर्ने अभियानमा लागेको पनि आरोप लगाए । ‘अंगिकृत नागरिकता लिएर आएर यहाँ मन्त्री, प्रधानमन्त्री भएर अर्वौ रुपैयाँ कमाएर यहाँको माटो समेत लिएर भारत जाने अभियानमा भारतीयहरु छन्,’ उनले भने, ‘तर, नेपाली जनता जागरुक भएका छन्, उनीहरुको त्यो सपना पूरा हुँदैन ।’

केसीले माओवादी र कांग्रेसको गठबन्धनलाई आ–आफ्नो स्वार्थको गठबन्धन भएको पनि आरोप लगाए । ‘माओवादीलाई हेग’ जाने चिन्ताले त्यहाँ पुर्याएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसलाई सत्तामा जाने चिन्ताले त्यहाँ पुर्याएको छ । दुबैको स्वार्थ मिलेपछि गठबन्धन भएको हो ।’

लामो समय सत्ताको रस्वादन गरेको कांग्रेस सत्ता बारिह बस्नु पर्यो भने पानी विनाको माछो जस्तो बन्ने भन्दै उनले दुई दलको गठबन्धनले लोकतन्त्र वा प्रजातन्त्र र राष्ट्रियताका नाममा ठग्ने काम भए पनि जनताले राहत पाउने काम होला भन्ने आफूलाई विश्वास नरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्