हेटौडा उपमहानगमा एमालेको हृयाट्रिक, मेयर र उपमेयर दुबैमा काँग्रेस–माओवादी गठबन्धन पराजित


१० जेठ । पहिलो चरणमा भएको स्थानीय निर्वाचनमा एक मात्र उपमहानगरपालिकामा निर्वाचन भएको थियो । एक मात्र उपमहानगर हेटौंडामा एमालेले मेयर र उपमेयर दुबै जितेको छ । मेयरमा एमालेका हरिबहादुर महत र उपमेयर एमालेकै मीना लामा बिजयी भए ।

मेयरमा एमाले हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा एमालेकी मीना लामाले २३ हजार ४३७ मत प्राप्त गरेर बिजयी भइन् । निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्