हेर्दाहेर्दै कोशी र गण्डकीमा इष्टिमर(सानो पानी जहाज) चलाउँछौं, जलमार्गबाट ढुवानी गर्छाैंः प्रधानमन्त्री


काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलले हेर्दाहेर्दै कोशी र गण्डकीमा इष्टिमर(सानो पानी जहाज) संचालनमा ल्याउने घोषणा गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे आईतबार संसदको बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो घोषणा गरेका हुन् ।
‘हामी हेर्दाहेर्दै कोशी र गण्डकीमा इष्टिमर चलाएर आवतजावत गर्छौं, हाम्रो ढुवानी जलमार्गबाट हुन्छ’, प्रधानमन्त्री ओलीले भने,‘अब पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल कुद्छ ।’
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, व्यवासायीकरण, कृषी आधारित व्यवसाय, उत्पादन र रोजगारीको अवसर, आयतलाई प्रतिस्थापन गर्ने, निर्यात बढाउने, व्यापार घाटा सन्तुलनमा ल्याउनेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए । बन्द उद्योग संचालन, आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनेगरी योजना र कार्यक्रमसहित नीति तथा कार्यक्रम ल्याइएको उनको दाबी थियो । सुसासन कायम गर्ने, भ्रष्टचार नियन्त्रण, पूर्वाधार विकासलाई जोड दिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्