हेलिकोप्टर दुर्घटना-६ जनाको मृत्यु,एक जना जिवितै


नुवाकोट, २३ भदौ । नुवाकोटमा हेलिकोप्टर दुर्घटना हुँदा पाइटलसहित ६ जनाको मृत्यु भएको छ । एक जना जिवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर शनिवार नुवाकोटमा दुर्घटना भएको हो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको वताए । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्