१० केजी चरेश सहित दुई महिला पक्राउ


काठमाडौ, ४ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० केजी चरेश सहित पक्राउ दुई महिलालाई पक्राउ गरेको छ । प्रहरी टोलीले बिरगन्ज १६ बस्ने बर्ष ५५ कि उमादेवी पटेल र बर्ष ३५ कि आशादेवी पटेललाई १० केजी चरेशसहित शुक्रवार पक्राउ गरेको हो । पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा ३ ख २८३१ नं। को यात्रुबाहक बसको चेक जाँच गर्ने क्रममा बसमा सवार उनीहरुले कपडाको थैलीमा शरिरमा लुकाई ल्याएको लागु औषध चरेश फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाई कानुन बमोजिम आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यकय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्