१० वटा जिल्ला समन्वयमा एमालेको वर्चश्व


२४ साउन । अहिले अधिकांश जिल्ला समन्वय समितिहरुको निर्वाचन धमाधम भइरहेका छन् । गठन भएका अधिकांश जिल्लामा एमालेले अग्रता लिएको छ ।

सोमबार सम्पन्न मकवानपुरको जिल्ला समन्वय समितिमा एमालेको एकल समूह नै विजयी भएको छ । जिसस प्रमुखमा रघुनाथ खुलाल र उपप्रमुखमा भगवती पुडासैनी विजयी भएका हुन् । सदस्यहरुमा गणेशकुमार प्रधान, देवराज रिमाल, चित्रबहादुर बलामी, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङतान र सरिता विक विजयी भएका छन् ।

यसैगरी, दैलेखमा पनि एमालेको एकल प्यानल विजयी भएको छ । प्रमुखमा प्रेमबहादुर थापा र उपप्रमुखमा लक्ष्मीदेवी शाह निर्वाचित भएका छन् । सदस्यहरुमा नन्दबहादुर खड्का, बालकृष्ण केसी, सर्वराज महतरा, चन्दा नेपाली, गीता चन्द, चन्द्रकला रावल र ललितजंग माझी रहेका छन् ।

यसअघि एमालेले धादिङ, काठमाडौं, भक्तपुर, खोटाङ, सिन्धुपाल्चोक, डोल्पा, ताप्लेजुङ, कञ्चनपुरमा एमालेको एकल प्यानलले चुनाव जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्