११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि


२९ फागुन। गोविन्द गौतमको कञ्चनपुरको दोदा नदी किनारमा राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिएको हो ।

नेपाल–भारत सीमा नजिक आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेको थियो ।

गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए । अन्त्यष्टि अघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । सरकारले उनलाई सहिद घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्