सिन्धुपाल्चोकमा बस दुर्घटना १३ जनाको मृत्यु, १८ घाइते   


सिन्धुपाल्चोक, २९ मङ्सिर ।   
सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।
दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएकोे र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्