१३ जना थपिए कोरोना संक्रमित


काठमाडौं, ७ जेठ । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

प्रतिक्रिया दिनुहोस्