१४ वर्षीया किशोरीले शिशु जन्माएपछि बाहिरियो बलात्कारको घटना, २९ वर्षीय युवक पक्राउ


ओखलढुङ्गा, १७ मंसिर । बलात्कारमा परेकी ओखलढुङ्गाकी एक १४ वर्षीया किशोरीले शिशुलाई जन्म दिएकी छिन् । किशोरीले रामेछापको मन्थलीस्थित तामाकोशी अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अभिभावकले उपचारको लागि अस्पताल लगेका थिए ।

चम्पादेवी गाउँपालिका–२ की १४ वर्षीया किशोरीले १३ मंसिरमा बच्चा जन्माएपछि उनी बलात्कृत घटना बाहिरिएको छ । आफूलाई गाउँकै २९ वर्षीय वीरबहादुर मगरले बलात्कार गरेको बयान किशोरीले दिएकी छिन् । किशोरीको आरोपपछि मंगलबार मगरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिएका छन् ।

मगरले आफूलाई गएको फागुन २८ गते जबरजस्ती करणी गरेको बयान किशोरीले दिएकी छन् । १० महिनासम्म घटना लुकाएकी किशोरीले बच्चा जन्माएपछि मात्रै आफू बलात्कृत भएको बताएकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्