१८ जिल्लामा बन्यो एमालेको नेतृत्वमा जिल्ला समन्वय


२६ साउन । अहिले जिल्ला समन्वय समितिहरुको निर्वाचन भइरहेको छ । पछिल्लो पटक बुधबार सम्पन्न काभ्रेपलान्चोक, स्याङ्जा र सिन्धुलीमा एमालेका उम्मेदवारले कतै पूरै प्यानल र कतै अरु दलसँगको सहकार्यमा चुनाव जितेको छ । अहिलेसम्म एमालेले १६ जिल्लामा एकल र सहकार्यका आधारमा जिल्ला समन्वय समिति गठन गर्न पुगेको छ ।

बुधबार सम्पन्न स्याङ्जा जिल्ला समन्वय समितिको चुनावमा एमालेकी सीताकुमारी सुन्दास विजयी बनेका छन् । उनले १५ मत पाएकी थिइन् । त्यस्तै, उनका प्रतिद्वन्द्वी कांग्रेसका अर्जुनप्रसाद अर्यालले सात मत पाएका थिए । उपप्रमुखमा एमालेकै दिलीप बगाले निर्वाचित भएका छन् । सदस्यहरुमा धनमाया विक, सीता थापा, टीकाकुमारी डुम्रे, गुमानसिंह थापा, तेजेन्द्र सुनार, विष्णुप्रसाद आचार्य र विष्णु चन्द्र निर्वाचित भएका छन् ।

यसैगरी, सिन्धुलीको जिल्ला समन्वय समितिमा एमालेका शंकरराज बर्मा निर्वाचित भएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्रकी उम्मेदवार विजयी बनेका छन् । सो जिल्लामा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

काभ्रेपलान्चोकको जिल्ला समन्वय समिति प्रमुखमा उद्धव केसी निर्वाचित भएका छन् । उपप्रमुखमा भने मञ्जु गौतम निर्वाचित भएकी छन् । यसैगरी सदस्यहरुमा सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, विकास मग्राती, राजकुमारी श्रेष्ठ, मैयाभक्ति श्रेष्ठ, गीता सुनार निर्वाचित भएका छन् ।

यसअघि एमालेले दोलखा, पाल्पा, दैलेख, धादिङ, काठमाडौं, भक्तपुर, खोटाङ, सिन्धुपाल्चोक, डोल्पा, ताप्लेजुङ, म्याग्दी  पर्वत कञ्चनपुर र मुस्ताङमा एमालेका उम्मेदवारहरु जिल्ला समन्वय समितिमा निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्