१६ देशका प्रहरी अधिकारी नेपालमा तालिम लिदै


काठमाडौ, १३ कात्तिक । नेपालमा तालिम लिन विभिन्न १६ देशका प्रहरी अधिकारीहरु नेपाल आएका छन । पोस्ट ब्लाष्ट ट्रेनिङ सिनारियोमा भाग लिन १६ देशका प्रहरी अधिकारी काठमाडौ आएका हुन । सोमवारदेखि राष्ट्रिय प्रहरी प्रतिष्ठानमा तालिम सुरु भएको छ । तालिममा अन्तराष्ट्रिय प्रहरी अपराध संगठन र नेपाल प्रहरीको सहकार्य रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक धिरु बस्न्यातले जानकारी दिए । ६ दिन चल्ने तालिममा ४४ प्रहरी अधिकारीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्