२०७४ माघ भित्रै तीनवटै तहको निर्वाचनः मन्त्री केसी


१२ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताए  ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताए ।

मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको छ भने ।

‘संविधान संशोधन प्रक्रियामा सरकार लागि सकेकाले मधेसी मोर्चालाई धैर्य गरेर पर्खनुपर्ने हुन्छ,’ उनले भने ।

मन्त्री केसीले तीन तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्दै भने– ‘निर्वाचन नभएमा मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने भएकाले २०७४ माघ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्